कैलाश–मानसरोवर यात्रा (ल्हासा- -केरुङ- रसुवागडि हुदै)

No. of Pax

1

Price

रु. 3100000

Length

11 Days

Hightest Altitude

5610

Difficulty

Season

बैशाख - असोज

Overview

कैलाश पर्वत 


देवका पनि देव आराध्य देव महादेव र माता पार्वतीको बासस्थान नै कैलाश पर्वत हो । विष्णु पुराणमा व्याख्या गरे अनुसार यस पर्वतका चार मुखहरू स्पटिक, रुबी, निलम र स्वर्ण श्रृंगारको प्रतिकको रूपमा सुस्वभित मुद्रामा रहेको छ । ६ वटा पर्वत हिमश्रृंखलाहरूको बीचमा अवस्थित रहेको यस पवित्र पर्वतलाई कमलको फूलको प्रतिक पनि मानिन्छ ।

समुद्र सतहदेखि २१७७८ फिटको उचाई र ५२ कि.मी. परिधिमा फैलिएको यस कैलाश पर्वत आकाश र धर्ती बीचको सम्बन्धको विन्दु रहेको मान्यता छ । कैलाश मानसरोवर क्षेत्र विश्व आध्यात्मिक जगतको केन्द्र, जहाँबाट ओमकार ध्वनि प्रादुर्भाव भई विश्व आध्यात्मिक जगतलाई निर्देशित गर्दछ । कैलाश मानसरोवरमा प्रकाश तरड्डको र ध्वनि तरड्डको संगम भई जहाँबाट ॐकारको प्रति ध्वनि श्रवण गर्न सकिन्छ । पौराणिक कथा अनुसार यस महारातीको पवित्र क्षेत्रलाई धनका मालिक कुबेरका नगरी रहेको मानिन्छ । जहाँबाट निस्किएको भगिरथ गंगा कैलाश पर्वतको (चरण स्पर्श) धर्तीमा जल प्रवाह हुँदै, मानव सृष्टि र सभ्यताको शुरुवात गर्दछ । विश्वको आध्यात्मिक जगतको केन्द्र कैलाश पर्वत श्रृंखलाबाट निस्कने ४ नदी प्रवाह सिन्धु, सतलज, ब्रम्हपुत्र र कर्णाली नदीले विश्व जगतलाई ४ भागमा विभाजन गरेको छ । हिन्दु धर्म अनुसार यस कैलाश पर्वतलाई एक पूरक प्रदिक्षणा (परिक्रमा) गर्दा जीवनको एक चक्र बराबरी, १२ पटक प्रदिक्षणा गर्दा पछिल्लो जन्म सहितको पाप समेत नाश हुने र १०८ पटक प्रदिक्षणा गर्दा मानव जीवनबाट नै मोक्ष (निर्भाण) प्राप्त भई भगवात लिन वा भगवत्व प्राप्त हुनेछ भन्ने पौराणिक मान्यता रहेको छ । पौराणिक कथन अनुसार देवगण, ऋषि गण, राक्षस गण, रावण, भस्मासुर, अन्धकासुर आदिले यही कैलाश मानसरोवरमा तपस्या गरी वरदान प्राप्त गरेका थिए । कैलाश पर्वत हिन्दु धर्मावलम्बीहरूको पवित्र धार्मिक स्थल मात्र नभई बौद्ध, जैन र सिख धर्मावलम्बीहरूको पनि पवित्र तपोभुमि रहँदै आएको छ । बौद्ध धर्मावलम्बीहरू खाङरिन्पोछे र जैन धर्मावलम्बीहरू मेरु पर्वतका नामले पुकार्ने गर्दछन् जैन धर्मका पहिला तिर्थकर र सिख धर्मका गुरु नानकले पनि भूमिबाट कठिन तपस्या गरी मोक्ष प्राप्त गरेका थिए । यसरी हेर्दा कैलाश पर्वत आध्यात्मिक दृष्टिले बहुधार्मिक पवित्र देवः तपोभूमि रहँदै आएको छ । भ्रमणमा निस्कने विश्वका हजारौं यात्रीहरू धार्मिक आस्थाले हो या जिज्ञासाले अत्यन्तै अभिरुचीका साथ लिने भएकोले यो यात्रा महत्वपूर्ण र प्रसिद्ध रहीआएको छ । विशेष ॐ ओमकार परिवारका सदस्यहरूले विशेष अभिरुचिका साथ कैलाश मानसरोवरको यात्रा गर्ने गर्दछन् । 

 

मानसरोवर ताल

विश्वको सबैभन्दा उच्च स्थानमा अवस्थित पवित्र जलको भण्डार रहेको ताल नै मानसरोवर हो । पौराणिक कथन अनुसार अमृत सरह मिठास भएको यस पवित्र जलको उत्पत्ति, जगतको सृष्टिकर्ता स्वयम् ब्रम्हाजीले भगिरथको तपस्याबाट खुसी भई मानसरोवर सृष्टि गर्नुभएको थियो । यस मानसरोवर सृष्टिसँगै विश्व जगतको सृष्टि निर्माणको शुरु यहिँबाट भएको भनिन्छ । मानसरोवर शब्द मानस तथा सरोवरबाट बनेको शब्द हो जसमा मानसको अर्थ मनको सरोवर भन्ने बुझिन्छ ।

समुद्र सतहबाट ४५५९ मी. उचाईमा रहेको यस पवित्र सरोवरको क्षेत्रफल ३२० वर्ग कि.मी. फैलिएको छ । यो सरोवर कैलाश पर्वतबाट ४० कि.मी. दक्षिण दिशामा रहेको छ । यो ताल क्षेत्रमा र भगवान विष्णुको बास स्थान हो भन्ने रहेको छ । गर्मी याममा सरोवरबाट हिउँ पग्लेर जल बन्ने अवस्थामा डमरुको ध्वनिको आवाज सुन्न सकिन्छ । यस सरोवरमा बिहान ३ बजेदेखि ५ बजेसम्मको प्रातःकालिन समयको स्नान प्रभावकारी हुन्छ भन्ने कुरा धार्मिक ग्रन्थहरूमा उल्लेख गरेको पाइन्छ । कैलाश पर्वत भगवान शिवशंकर र मानसरोवर माता पार्वतीको प्रतिकको रूपमा लिइन्छ । देवी देवताहरू, सप्तऋषिहरू मानसरोवरमा अलौकिक प्रकाश भएर ब्रम्ह मूर्तमा आउने गर्दछन् । मध्यरातको समयमा माता पार्वती तारा (प्रकाश) को भेषमा स्वयम् मानसरोवर तालमा प्रकट हुन्छिन् । आज पनि हजारौं भाग्यमानी यात्रीहरू खाली यो अलौकिक दृष्यको अवलोकन गर्न कहिल्यै छुटाउँदैनन् । मानसरोवर तालमा तेत्तीस सागरको अवशेष अर्थात जुन १ महासागर बराबरको गुण रहेको छ, अलौकिक गुण र शक्तिको भण्डार रहेको यस सरोवरमा अदृश्य कल्पवृक्ष रहेको र जस वृक्षमा आरोग्यताको लागि सम्पूर्ण गुण रहेका शास्त्रमा समेत वर्णन गरिएको छ । योग ध्यान गर्नेहरूले एकाग्र भएको खण्डमा यहाँ अज्ञात हलचल भएको महसुस गर्न सकिन्छ । मानसरोवरमा एकपटक डुबुल्की मार्दा सात जन्मको पाप नष्ट हुने र जल सेवन गर्नाले शिवत्त प्राप्त गर्छ भन्ने शास्त्रमा उल्लेख छ । मानसरोवरको ताल सँगै रहेको राक्षस (रावण) ताल जसमा लंकाका राजा, (शिवको महान भक्त) रावणले घोर तपस्या गरी भगवान शिवबाट अमरोत्व प्राप्त गरेका थिए । यहाँ कुनै पनि मानव, जीवजन्तु वा देवगणहरू प्रवेश गरे पुनः पापको सागरमा डुब्नेछ भन्ने मान्यता छ । यही अशुद्ध सरोवर हुँदै बग्ने भएकोले आज पनि कर्णाली नदीको पूजा गरिँदैन ।

 कैलाश–मानसरोवर यात्रा ल्हासा- -केरुङ- रसुवागडि हुदै ११ दिन

दिन ०१:- काठमाडौं देखि यात्रा ल्हासा सम्मको (४०कि.मी./३८००मी./१.२५घण्टा)

दिन ०२:-ल्हासा सहर भ्रमण (३८००मी.)       

दिन ०३:- ल्हासा देखि यात्रा सिगात्से सम्मको (२७०कि.मि./३९००मी./६घण्टा)      

दिन ०४:- सिगात्से देखि यात्रा साँगा सम्मको (४६०कि.मी./४६४०मी./१० घण्टा)   

दिन ०५:- साँगा देखि यात्रा मानसरोवर सम्मको (४६६कि.मी./४५००मी./८घण्टा)

दिन ०६:- मानसरोवर देखि यात्रा दार्चेन सम्मको: (४०कि.मी.४७००मि./४घण्टा पूजा ,१घण्टा यात्रा)/तिर्थपुरी यात्रा (१६०कि.मी./४३१०मि./३घण्टा)     

दिन ०७:- दार्चेन देखि पैदल यात्रा देरापुक सम्मको (१२ कि.मी./४९००मी./६घण्टा)

दिन ०८:- देरापुक देखि पैदल यात्रा जुथुलपुक् सम्मको (२२कि.मी./४७९०मी./८-१०घण्टा)/चरण स्पर्स (२४ कि.मी./५३१०मी./१०-१२ घण्टा)

दिन ०९:- जुथुलपुक् देखि यात्रा साँगा सम्मको (४७९कि.मी./४५००मी./८घण्टा)     

दिन १०:- साँगा देखि यात्रा केरुङ सम्मको (१६०कि.मी./२९००मी./४घण्टा)

दिन ११:- केरुङ देखि यात्रा काठमाडौं सम्मको (१८९कि.मी./७घण्टा) 

             

Itinerary

कैलाश–मानसरोवर यात्रा ल्हासा- केरुङ- रसुवागडि हुदै ११ दिन

दिन०१:-काठमाडौं देखि यात्रा ल्हासा सम्मको(४०कि.मी./३७००मी./१:२५ घण्टा)

बिहानी यात्रा शुभारम्भ , त्रिभुवन्  बिमानस्थलबाट ८ बजे बोर्डिंग पास गरेर १:२५ घण्टाको हवाइमार्ग हुँदै गोङगार बिमानस्थल अबतरण गरेपछी बसबाट ४० कि.मि. को यात्रापछि ल्हासा सहर पुगिन्छ। होटेलमा केहि समयको आराम पछि बेलुकी समयमा ल्हासा शहर भ्रमण, किनमेल आदी।
रात्री विश्राम ल्हासा शहर  - ३ तारे होटल/
खाना :,फलफूल र डिनर/

 

दिन०२:-ल्हासा सहर भ्रमण(३७००मी.)

बिहानीका ब्रेकफास्ट पछि ल्हासा सहरको दलाई लामाको दरबार पोतला दरबारको रमणीय दृश्य अबलोकन गर्दछौ, पोतला दरबार भित्र घुम्नको लागि टिकट लिनु पर्ने हुन्छ,टिकटको व्यबस्था गरेर पोतला दरबार घुमे पछि हामी सातौ सताब्दीमा बनेको जोखाङ मन्दिर घुम्दछौ। दिउसोको खान पछि स्थानीय बजार घुमगाम,किनमेल आदि)
रात्री विश्राम ल्हासा शहर  - ३ तारे होटल/.

खाना : ब्रेकफाष्ट, लन्च र डिनर/                                                                                                          

दिन०३:-ल्हासा देखि यात्रा सिगात्से सम्मको(२७०कि.मि./३९००मी./६घण्टा)

बिहानीका ब्रेकफास्ट पछि ल्हासाबाट रेल यात्राको मज्जा लिदै  सिगात्से सहरसम्मको यात्रा गर्दछौ। ल्हासाबाट छुटेको रेल भविष्यमा सिगात्से- केरुङ्ग हुदै काठमाडौँ आइपुग्ने रेल हो। दिउसोको खाना पछि होटेलको केहि समयको विश्राम गरेर स्थानीय बजार घुमगाम,किनमेल आदि ।
रात्री विश्राम सिगात्से शहर -स्टाण्डर होटल./
खाना : ब्रेकफाष्ट, लन्च र डिनर  /

दिन०४:-सिगात्से देखि यात्रा साँगा सम्मको(४६०कि.मी./४५००मी/१० घण्टा)

बिहान ब्रेकफास्टपछि पुन- यात्रा आरम्भ, बाटामा पर्ने पुराना मठ मन्दिर, हिमाल,ताल र ठुलाठुला फाटहरुको सुन्दर दृश्य अबलोकन गर्दै ब्रम्हपुत्र नदीको किनारमा रहेको सुन्दर सहर साँगा शहर पुग्दछौ। केहि समयको बिस्राम पछि बेलुकीको समयमा  साँगा सहर भ्रमण।

रात्री विश्राम  साँगा शहर  - स्टाण्डर होटल.
खाना : ब्रेकफाष्ट, लन्च र डिनर 

 

 

दिन०:-साँगा देखि यात्रा मानसरोवर सम्मको:(४६६कि.मी./४५००मी./८घण्टा

बिहानको ब्रेकफास्ट पछि यात्रा आरम्भ:ठुला ठुला फाटहरु र हिमालहरुको सुन्दर दृश्यलाई नियाल्दै  डोङ्पा-महिम्ला पास हुँदै नेपालि समय २,३बजे तिर होर्चु पुग्दछौ। जहा बाट एकै पटक कैलाश पर्बत र मानसरोवरको पहिलो मनमोहक मनमोहक सुन्दर दृश्यावलोकन (साक्षात शिव दर्शन) पाउछौ। होर्चु स्थानीय अध्यागमनबाट बसबाट मानसरोवर तालको परिक्रमा तथा छेउमा रहेको राक्षस तालको  दृश्यावलोकन गरि मानसरोवर किनारमै रहेको छु–गुम्बामा पुगी रात्री बिस्राम गर्दछौ।
रात्री विश्राम छु–गुम्बा मानसरोवर- गेष्ट हाउस 
खाना : ब्रेकफाष्ट, लन्च र डिनर

दिन ०:- मानसरोवरमा धार्मिक अनुष्ठान सम्पन्न  पछि यात्रा दार्चेन सम्मको(४०कि.मी/४७०० मि./१घण्टा)

बिहानको ३-५ बजे सम्मको  समयमा सम्पूर्ण देवी देवताहरु र  ऋषी मुनिहरू  स्नान गर्न आउने हुनाले सो समयमा प्रप्तकालिन स्नान  प्रभाबकारी हुन्छ भन्नेकुरा विविन्न धार्मिक ग्रन्थहरुमा उल्लेख छ। मानसरोवरमा स्नान पूजा रुद्राभिषेक, हवन,/ होम  ,तर्पण आदि धार्मिक अनुष्ठान सम्पन्न गरेर भोजनपछि कैलाश पर्बतको काखमा रहेको सुन्दर सहर दार्चेन पुगिन्छ।
रात्री विश्राम छु–गुम्बा मानसरोवर वा दार्चेन -गेष्ट हाउस/ स्टाण्डर होटल 
खाना : ब्रेकफाष्ट, लन्च र डिनर

  

 तिर्थपुरी यात्रा (१६०कि.मी./४३१०मि./३घण्टा)

मानसरोवर बाट १०० किमि उत्तर पश्चिम तर्फ़ झन्डै २ घण्टाको  बसको यात्रा  गरेपछि तिर्थपुरी (४३१०मि. ) पुगिन्छ। जहा शिव भगवानले भष्मासुरलाइ भष्म पार्नु भएको भन्ने किमदन्ति रहेको छ। त्यस ठाउमा आज सम्म पनि जमिनबाट तातो उम्लेको पानि देख्न सकिन्छ। तिर्थपुरी बाट २ घण्टाको बसको यात्रा गरेपछि  यात्रा दर्चेन सम्म,

दिन०:- दार्चेन देखि पैदल यात्रा / घोडा देरापुक सम्मको (१२कि.मी./४९००मी./६घण्टा)

बिहानको ब्रेकफास्ट पछि कैलाश पर्वतको प्रदिक्षणा (परिक्रमा) पैदल यात्रा आरम्भ, ७ किमी बसबाट यात्रा पछि यमद्वार पुग्दछौ। यमद्वारको दर्सन पछि कैलाश परिक्रमा गर्न नचाहने यात्रुहरु दार्चेन फर्कनु हुन्छ र परिक्रमा जान चाहने यात्रुहरुले थप सेवा सुबिधाको लागि घोडा अथवा कुल्लीको प्रयोग गर्न सक्नु हुनेछ अथवा आफै पैदल यात्रा गर्नु सक्नु हुनेछ। ५-६ घण्टाको पैदल यात्रा गरेपछि  देरापुक पुगिन्छ। देरापुकबाट सन्ध्याकालिन समयमा नजिकै बाट कैलाश पर्बतको मनमोहक  सुन्दर   दृश्यावलोकन  (साक्षात शिव दर्शन) गर्न पाइन्छ।  अझ बिहान सुर्यदयको समयमा सुनको ढिक्को जस्तै सुनौलो कैलाशको दर्सन गर्न पाइन्छ।
रात्री विश्राम  देरापुक- गेष्ट हाउस
खाना : ब्रेकफाष्ट, लन्च( प्याक) र डिनर  

दिन०:-देरापुक देखि पैदल यात्रा / घोडा जुथुलपुक् सम्मको:(२२कि.मी./४७९०मी./८-१०घण्टा)

सम्पूर्ण कैलाश मानसरोवरको यात्रामा दोस्रो दिनको  यात्रालाइ एकदमै कठिन यात्रा मानिन्छ।सूर्योदय अगावै पैदल यात्रा प्रारम्भ ,कैलाश यात्राको सबै भन्दा उच्च स्थान डोल्माला (५६२० मी.) पास गरी  अलिकति ओरालो लागेपछि गौरीकुण्ड भेटिन्छ।गौरिकुण्ड हुदै जुथुलपुक सम्मको यात्रा ।
रात्री विश्राम जुथुलपुक्-गेष्ट हाउस) 
खाना : ब्रेकफाष्ट, लन्च( प्याक) र डिनर

चरण स्पर्स (२४ कि.मी.      /५३१० मी./१०-१२ घण्टा)

देरापुकबाट बिहानै सुर्योदय भन्दा पहिले ३-४ घन्टाको यात्रा गरेपछि कैलाश पर्वतको उत्तरी भागमा पुगिन्छ । जहा कैलाश पर्वत (शिव भगवान)को साक्षात चरण स्पर्स गर्न पाइन्छ। भगिरथ गङ्गा पनि तेही बाट कैलाश पर्वत(शिव भगवान)को चरण स्पर्स गर्दै बगेको छिन। पुजा, रुद्राभिषेक,  धार्मिक अनुष्ठान सम्पन्न पछि यात्रा फिर्ती ,  दार्चेन सम्मको यात्रा ।

दिन०:-जुथुलपुक् देखि यात्रा साँगा सम्मको:(४७९कि.मी./४५००मी/८घण्टा)

सूर्योदय अगावै पुन पैदल यात्रा प्रारम्भ २ घण्टाको ७ कि.मी. पैदल यात्रा पछि बस भेटिन्छ। बस बाट हामि दार्चेन निस्कन्छौ परिक्रमा समाप्त । बिहानको ब्रेकफास्ट पछि  दार्चेनबाट साँगा  सम्मको यात्रा फिर्ती ।

रात्री विश्राम  साँगा शहर  - स्टाण्डर होटल.
खाना : ब्रेकफाष्ट, लन्च र डिनर 

 

दिन १०:- साँगा देखि यात्रा केरुङ सम्मको :(१६९कि.मी./२७००मी./४घण्टा)

बिहानको ब्रेकफास्टपछि पुन सोही बाटो हुँदै नेपालतर्फफिर्ती

रात्री विश्राम - केरुङ शहर-  स्टाण्डर होटल.
खाना : ब्रेकफाष्ट, लन्च र डिनर

     

दिन :- केरुङ देखि यात्रा काठमाडौं सम्मको:(१८९किमी/७घण्टा)

बिहानको ब्रेकफास्टपछि रसुवागढी अध्यागमन हुँदै नेपाल प्रवेश, सन्ध्याकालिन समयमा काठमाडौं अवतरण, यात्रा  सम्पन्न./

खाना : ब्रेकफाष्ट र लन्च  मात्र .

Inclusions

यात्रामा समावेश गरिएका सुविधाहरु

  • कैलाश- चाइना भिषा प्रक्रिया, भिषा शुल्क ,इन्भिटेसन लेटर/
  • माथि दिएको कार्यक्रम अनुसार होटल/ गेष्ट हाउसको व्यवस्था/
  • कार्यक्रम अनुसार तिब्बतमा- बस सुविधा,आवश्यक सामान ढुवानी ट्रक, याक, आदि ।
  •  खाना शुद्ध शाकाहारी भोजनको व्यवस्था (तातोपानि चिया, बिष्कुट, ब्रेकफाष्ट, लन्च, डिनर.
  • कैलाश परिक्रमा प्रबेश महसुल, स्थानीय कर, भन्सार ढुवानी, मानसरोवर परिक्रमा प्रबेश महसुल/
  • नेपाली गाइड, चाइनीज गाइड, नेपाली कुक, नेपाली शेर्पा स्टाफ ।
  • कम्पनिको तर्फबाट ब्याग सामान राख्ने, पिठ्यु ब्याग, ज्याकेट,टोपी(यात्रा  पस्चात ज्याकेट फिर्ता गर्नु पर्ने छ्)
  • प्राथमिक उपचारका लागि आवश्यक औषधीहरु, अक्सिजन सीलिण्डर, अक्सोमिटर आदि ।
  • काठमाडौं- ल्हासा -हवाइ टिकट
  • यात्रा सम्पन्न पस्चात कम्पनि को तर्फ बाट कदर-पत्र प्रदान गरिने

Exclusions

यात्रामा समावेश नगरिएका सुविधा र शुल्कहरु 

  • ·व्यक्तिगत खर्च, स्टाफलाई टिप्स, घोडामा लाग्ने खर्च, कुल्लीमा लाग्ने खर्च, पेय  पदार्थ ( मिनिरल वाटर,जुस ,कोल्ड ड्रिङ्क हरु आदि )
  • यात्रा विमा(ट्राभल ईन्सुरेन्स यात्रि आफैले गर्नु पर्ने छ), आपतकालिन उद्धार अतिरिक्त खर्च, औषधी उपचार,
  • पोताला दरबारको इन्ट्री टिकट
  •  यात्राको कार्यक्रम बाहेक व्यक्तिगत यात्रा फिर्ती भएमा लाग्ने अतिरिक्त खर्चहरु ( भिषा रद्द शुल्क १६० युयान,गाडी, हेलिकप्टर चार्टर) 
  • यदि ग्रुपमा तिर्थपुरी जान चाहेमा प्रति ब्यक्तीं ५०० युयान बुझाउनु पर्ने छ।
  • यदि कोहि चरण स्पर्स जान चाहेमा प्रति ब्यक्तीं ३०० युयान बुझाउनु पर्ने छ।
  • प्रकृतिक बिपत्ती - बाढी- पहिरो , भुकम्प ,राजनैतीक आन्दोलन- बन्द ,हड्ताल सरकारको आकाशमिक नयाँ नियम  आदी बाट  यात्रामा बाधा भई हुन आउने आतिरिक्त खर्चहरु /
  • मूल्य अभिबृदि कर(१३%)

Terms & Conditions

 प्रक्रिया तथा यात्रा लागि आबस्य पर्ने कागजात हरु

  • यात्रा प्रारम्भ हुनु भन्दा एक महिना अघि सक्कल राहदानिको वा रङिन फोटो कपि ( ६ महिना म्याद भएको)
  • अग्रिम बुकिङ् रकम रु ३०,०००
  • हवाइ टिकट निस्चित भएपछि,टिकट बापत थप अग्रिम रु ५०,०००।
  • एम आर पि साइज को फोटो ४ प्रति:-

(साइज- ३३/४८mm र अनुहार २०mm हुनुपर्ने छ / चस्मा,गहना,टिका र फुली नलगाएको,टाउको सिधा भएको , कपाल ले मुख नछोपेको ,दुबै कान प्रस्ट देखिने, सेतो पर्दा भएको ,हाल साल को खिचेको फोटो हुनु पर्ने छ । फोटो  बाट फोटो निकालेको हुनेछैन/

  • यात्रा प्रारम्भ हुनु भन्दा  १० दिन अघि यात्रीको सक्कल राहदानि र चाइना भिसा-फमको लागि चाहिने आबस्यक सुचना     सहित  यात्री को हस्ताक्षर./
  • १० दिन अघि – विस्तृत, वर्णन, जानकारी,ब्याग ज्याकेट टोपी बितरन (सामान्य भेटघाट परिचय)

 

         यदि कुनै कारणबस यात्रा रद्द गर्नु परेमा, रद्द गरे बापत लाग्ने शुल्क हरु:-

  • १५ दिन आगाबै  - $२०० अमेरिकन डल्लर वा सो बराबरको रकम/
  • हवाइ टिकट रद्द शुल्क (हवाइ कम्पनिको नियमानुसार) 
  • भिसा भैसकेपछि  $ ३०० अमेरिकन डल्लर वा सो बराबरको रकम
  • अन्य जानकारी
    • धार्मिक गुरु दलाई लामासंग सम्बन्धित कुनै पनि सामाग्रीको प्रयोग गर्न पाइने छैन । (जस्तै फोटो, पत्रपत्रिका, लेखहरु)/
    • यात्रीहरुले ड्राइफुड (काजु, किसमिस ,पिस्ता ,बदाम, छोकड़ा,  चकलेट ,सातु आदि) बोकेमा यात्रा सहज हुनेछ । 
    •  नियमित प्रयोगमा आउने आफ्नो औषधीहरु बोक्नु पर्नेछ (जस्तैःप्रेसर ,सुगर ,थाइराइड, कोलेस्टोर ,आस्मा आदी) 
    •  कैलाश यात्रामा चाइनीज मुद्रा मात्र प्रयोगमा आउनेछ (काठमान्डौ मा ब्यबस्था गर्नुहोला । 
    • चाईना सरकार/राजदुताबासको कारणले भिषा ढिलो हुन गएमा ,यात्रा १।२ दिन सर्न पनि सक्नेछ/
    • तापक्रम (चैत्रदेखि भदौसम्म)  ४ देखि +२० सेल्सीयस (दिनमा) , – १ देखि - ४ सेल्सीयस (रात्रीमा)

           यात्रा प्रारम्भ हुनु आगाबै बाँकी सम्पूर्ण रकम भुक्तानी गरिसक्नु पर्नेछ /

  यात्रीले यात्रामा बोक्नुपर्ने सामाग्रीहरु

  • विन्ड पु्रफ ज्याकेट-तौलीया-वासिङ किट – १ पिस 
  • बर्षाती – १, प्यान्ट्स, -क्याप , ट्वाइलेट पेपर
  • ·स्वेटर-टिसर्ट – ४ पि,. थर्मोकोट-न्यानो पूरा बाहुले टिसर्ट – २ पिस
  • ·ट्रेकिङ जुत्ता-चप्पल – १/१ पिस, न्यानो ट्रेकिङ मोजा-पञ्जा – ५
  • ·तातोपानि  राख्ने बोत्ल (१ ली. जाने),चस्मा, लाईट, ब्याट्री- ब्याकप
  • ·घामबाट बच्न आवश्यक क्रिमहरु UV50+, चिपिस्टिक
  •  चक्कु-सियो धागो-टाँकचाहिने भए लाईटर-मास्क